हेटौंडाः हेटौंडा–१८ फुर्केचौरस्थित गोरक्षनाथ माध्यमिक विद्यालयका ३ सय ५३ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ । वरिष्ठ न्यूरोलोजिस्ट प्राध्यापक डा. गोपाल रमण शर्माले ३ लाख रुपैयाँ मूल्य बराबरको ट्रयाक सुट सहयोग गर्नुभएको गोरक्षनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक होम बहादुर नेपालीले जानकारी दिनुभयो ।
विद्यार्थीको सरसफाईमा सहयोग पुग्ने उद्देश्यले निशूल्क ट्रयाक सुट वितरण गरिएको बताउनुभयो । गोरक्षनाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँको सभाध्यक्षमा कार्यक्रम भएको हो ।