Home मुख्य समाचार बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुगल तस्विर ।

हेटौंडाः हेटौंडामा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । हेटौंडा–९ स्थित कर्रा पुल नजिकै बसले ठक्कर दिँदा अन्दाजी ३४ बर्षीय एक पैदलयात्रीको मृत्यु भएको छ । पैदलयात्रीको सनाखत हुन सकेको छैन ।

पूर्वबाट आउँदैगरेको बागमती प्रदेश ०३–००१ खा १६३३ नम्बरको बसले बुधबार बिहान ३ बजेर ३० मिनेटको समयमा ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्रीलाई उपचारको क्रममा उपचारका लागि हैटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा मृत्युभएको प्रहरीले जनाएको छ । बसलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

Exit mobile version