हेटौंडाः मकवानपुरको बकैया गाँउपालिका ३ हात्तिसुडेँमा स्तनपायी आमालाई औषधी वितरण गरिएको छ । नागरिक आरोग्य सेवा केन्द्र हात्तिसुडेँमा मातृशिशु सुरक्षा कार्यक्रम अन्र्तगत स्तनपायी आमालाई निशुल्क दुग्धवर्धक औषधी वितरण गरिएको जिल्ला आर्युर्वेद स्वास्थ्य केन्द्र मकवानपुरका सूचना अधिकारी अशोक झाले बताउनुभयो ।

३० जनालाई स्तनपायी आमालाई निशुल्क औषधी वितरण गरिएको उहाँले बताउनुभयो । यो कार्यक्रममा शतावरी चुर्ण(कुरीलोको धुलो), ज्वानो चुर्ण र दशमुल तेल वितरण गरिएको उहाँको भनाई छ । जसले सुत्केरी आमाको पोषिलो बनाउनुका साथै दूधको परिमाणलाई बढाई बच्चा र आमालाई हृष्टपुष्ट बनाउने उहाँले बताउनुभयो । दुग्धवर्धक औषधी ६ महिनासम्म सुत्केरी महिलालाई निशुल्ल्क वितरण गरिने उहाँले बताउनुभयो ।