हेटौंडाः बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई विशिष्टीकृत संस्थाको रुपमा स्तरोन्नती गर्ने भएको छ । प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागमती प्रदेश प्रमुख यादबचन्द्र शर्माले हेटौंडासँगै भक्तपुर, त्रिशुली सिन्धुली धादिङ, पशुपति चौलागाईस्मृति अस्पताललाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक संस्थाको रुपमा स्तरोन्नती गर्ने जानकारी दिनुभयो ।
आगामी वर्षको नीति तथा कार्यक्रमबारे जानकारी गराउनुहुँदै उहाँले हेटौंडा अस्पताललाई २०० बेडको अस्पतालमा स्तरोन्नती गरी धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा समेत बिस्तार गर्ने बताउनुभयो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिस्तार सुदृढीकरण गर्दै लगिने भन्दै उहाँले प्रतिष्ठानको आफ्नै अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडी बढाईने जानकारी दिनुभयो । बागमती प्रदेश सभाको नीति तथा कार्यक्रम अहिले प्रदेश सभामा प्रदेश प्रमुख प्रस्तुत भईरहेको छ ।