हेटौंडाः राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयले आयोगको २२औँ वार्षिकोत्सव आज शुक्रबार हेटौंडामा मनाएको छ । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका कार्यालय प्रमुख यक्ष प्रसाद अधिकारीको सभाध्यक्ष तथा बामगती प्रदेश सभाका प्रमुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालमा सबै ऐन कानुन राम्रो भएको तर कार्यान्वयन भने उचित तरिकाले नभएको बताउनुभयो । घर, परिवार, समाजबाट राम्रो संस्कार संस्कृतीको विकास गरे समाजमा कुनै खाले घटनाहरु नघट्ने बताउनुभयो । राज्य सञ्चालन गरिरहेका व्यक्तिहरु, निकायहरुले अधिकार र कर्तव्यलाई बुझ्ने स्थिति भएमा सबै समस्या हल हुने उहाँको भनाई छ । यस्तै राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख यक्ष प्रसाद अधिकारीले अधिकारीले नागरिक समाज, मानव अधिकारकर्मीहरुको निरन्तर खबरदारी, दबाब र आन्दोलन स्वरुप मानव अधिकार आयोगको स्थापना भएको बताउनुभयो । उहाँले सामाजिक सुरक्षाका सम्बन्ध र मानव अधिकारका कुरामा सबै निकायले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक राज्यमन्त्री सन्त प्रजा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरिक्षक पुजा सिंह, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा लगायत नागरिक समाज र मानव अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।











