हेटौंडाः बकैया गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्वाचन सकिएको छ । आज शुक्रबार भएको निर्वाचनले ६ जना गाउँ कार्यपालिका सदस्य चयन गरेको हो ।

गाउँ कार्यपालिकाको महिला सदस्यमा नेपाली कांग्रेसबाट सावित्री सोराली(४१), सरिता माया जिम्बा(३९) र नेकपा माओवादी केन्द्रबाट दिपकुमारी विश्वकर्मा(३८), राजकुमारी भोम्जन(३८) निर्वाचित भएका छन् । यस्तै, दलित वा अल्पसंख्यक सदस्यमा स्वतन्त्र उम्मेदवार लोकेन्द्र बहादुर माझी(३५) नेकपा माओवादी केन्द्रकी लक्ष्मीमाया माझी(३१) निर्वाचित भएका छन् ।