हेटौंडाः नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा रामकुमार बर्तौला पुनः निर्वाचित हुनु भएको छ । बुधबार हेटौंडामा सम्पन्न अडानको छैठौं अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा द्वारिका रिजाल, सचिवमा तेजप्रसाद रुपाखेती, कोषाध्यक्षमा लवप्रसाद सुवेदी, सहसचिवमा लेखराज सापकोटा, सहकोषाध्यक्षमा गोकुलप्रसाद रुवाली चयन भएका छन् । यस्तै, कार्यसमिति सदस्यहरुमा मणिप्रसाद सुवेदी, तेजप्रसाद आचार्य, भेषराज कोइराला, मोहनप्रसाद पौडेल, निरन्जन पराजुली र इन्द्रमणी गैरे चयन भएका छन् ।
नेपाल अडिटर्स एसोसिएसन (अडान)का केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय वरिष्ठ उपाध्यक्ष केदार प्रसाद पौडेल, केन्द्रिय सचिव राजेन्द्रप्रसाद ढुंगाना, केन्द्रिय सदस्य प्रकाश ढकाललगायत नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम, बागमती प्रदेश सदस्य सुदीप शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा अडान बागमती प्रदेश उपाध्यक्ष देवीप्रसाद डल्लाकोटीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।











