विजयी भएका राम थापालाई बधाई दिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका राम थापा विजयी हुनुभएको छ । शुुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले सार्वजनिक गरेको मत परिणाममा २ हजार २ सय १३ मत प्राप्त गरी थापा वडाध्यक्षमा विजयी हुनुभएको हो ।

अध्यक्षका प्रत्यासी नेकपा एमाललेको तर्फबाट उम्मेदवार बोल बहादुर कार्कीले १ हजार ९ सय ६८ मत प्राप्त गर्नुभएको छ । कार्की थापासँग २ सय ४५ मतान्तरले पराजित हुनु भएको हो । खुला सदस्यमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गोरखनाथ राय(२१२०) र नेकपा एमालेका राजु मुक्तान(२००२) विजय भएका छन् । यस्तै, महिला सदस्यमा नेकपा एमालेकी मञ्जु भुर्तेलले २ हजार ६१, दलित महिला सदस्यमा गठबन्धनको तर्फबाट उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) की रिता सार्कीले २ हजार ६३ मतसहित विजयी भएका छन् ।

वडामा ४ हजार ४ सय १३ मत खसेको थियो । हेटौंडा ८ बाट मेयर पदका लागि गठबन्धनको उम्मेदवार नेकपा समाजवादीलाई १ हजार २ सय ५३, नेकपा एमालेलाई १ हजार ६ सय ८१ र राप्रपालाई १ हजार ३८ मत प्राप्त भएको छ । यस्तै, उपमेयरमा गठबन्धनलाई २ हजार ८३, नेकपा एमालेलाई एक हजार ९ सय मत प्राप्त भएको छ ।