हेटौंडाः मनहरी गाउँपालिका वडा नम्बर ८ को अध्यक्षमा नेपाली कांग्रेसका नारायण उप्रेती विजयी हुनुभएको छ । वडा अध्यक्षमा ६ सय ८४ मतसहित उप्रेतिको प्यानल नै विजयी भएको हो ।
अध्यक्षका प्रत्यासी नेकपा एमालेका पुष्कर सुवेदीले ५ सय ६९, नेकपा माओवादी केन्द्रका ईमान सिं मोक्तानले १ सय २६ र राप्रपाका शम्भु प्रसाद गिरीले ६८ मत प्राप्त गरेका थिए । यस्तै, सदस्यहरुमा नेपाली कांग्रेसका पंच लाल थिङ(६२८), राम प्रसाद सुवेदी(५७१), महिला सदस्यमा कृष्ण कुमारी रिमा(६४०) र दलित महिला सदस्यमा लक्ष्मी विश्वकर्मा(७०६) विजयी भएका छन् ।











