गाउँपालिकाको अध्यक्षमा निर्वाचित नेकपा एमालेका देव कृष्ण पुडासैनी

हेटौंडाः ईन्द्रसरोबर गाउँपालिकाको मत गणना सकिएको छ । गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी निर्वाचित हुनु भएको छ । उहाँले ३ हजार ७ सय २२ मत प्राप्त गर्नुभएको छ ।

उहाँको प्रत्यासी नेपाली कांग्रेसका विश्व लाल लामाले ३ हजार ४ सय ७२, नेकपा समाजवादीका जीवन लामाले ४ सय ७९ मत प्राप्त गरेका छन् । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उमा कुमारी लामाले ३ हजार ७ सय २५ मतसहित निर्वाचित हुनु भएको छ । उपाध्यक्ष पदका प्रत्यासी निर्मला रुम्बाले ३ हजार ६ सय ५६ मत प्राप्त गर्नुभएको थियो ।

५ वटा वडा रहेको गाउँपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसका शुवास थापा मगर(७५३), वडा नम्बर २ मा नेपाली कांग्रेसका सुमन श्रेष्ठ(११२०), वडा नम्बर ३ मा नेकपा एमालेका प्रताप भोम्जन(११७६), वडा नम्बर ४ मा नेकपा एमालेका चन्द्र कुमार बल(८०५) र वडा नम्बर ५ मा नेपाली कांग्रेसका दुत राज तितुङ(८१७) मत सहित अध्यक्षमा विजयी हुनुभएको छ ।