Home मुख्य समाचार बकैया–१२ मा ज्ञानेन्द्र विजयी

बकैया–१२ मा ज्ञानेन्द्र विजयी

बकैया १२ को वडा अध्यक्षमा निर्वाचित ज्ञानेन्द्र बजगाई ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–१२ नम्बर वडामा ज्ञानेन्द्र बजगाई विजयी भएका छन् । आइतबार साँझ सम्पन्न मतगणनाअनुसार गठबन्धन दलबाट कांग्रेस उम्मेदवार ज्ञानेन्द्रले नेकपा एमालेका उम्मेदवार रामबहादुर मुक्तानलाई ९ मतान्तरले पराजित गरेका हुन् ।

५ सय १९ मतले ज्ञानेन्द्र विजयी हुँदा नेकपा एमालेका उम्मेदवार रामबहादुर मुक्तानले ५ सय १० मत पाए । यस्तै वडा सदस्यमा सवै नेकपा एमालेबाट निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका विवै सिंह स्याङ्तान, सुजन वाईबा, शर्मिला दियाली र सुन्तोली माया वाईबा निर्वाचित भएका छन् ।

Exit mobile version