हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेकपा एमालेका चन्द्र कुमार बलको प्यानलै विजयी भएका छन् । आइतबार साँझ सार्वजनिक मत परिणाममा बलसहित प्यानलै विजयी भएको निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिए ।

बल ७ सय ९१ मतसहित विजयी भएका हुन् । बलका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विष्णु बहादुर डिमडुङले २ सय ५ मत प्राप्त गरेका छन् । ४ नम्बर वडामा १ हजार १ सय २३ मत खसेको थियो ।