हेटौंडाः कैलाश गाउँपालिकाको हालसम्म ५ वटा वडाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । गाउँपालिकामा रहेको जम्मा १० वटा वडामध्य हालसम्म वडा नम्बर १, २, ३, ९ र १० को मत गणना सकिएर निर्वाचन परिणाम सार्वजनिक भएको हो ।
कैलाश–१ मा नेपाली कांग्रेसका उम्मेदवार तेज बहादुर ब्लोन ३ सय ७५ मतसहित निर्वाचित हुनु भएको छ । अध्यक्षका आकांक्षीहरु नेकपा एमालेका कमल बहादुर तितुङ ३६४ मत र राप्रपाका बुद्धिराज गिरीले २८ मत प्राप्त गरेका छन् । यस्तै, सदस्यमा नेकपा एमालेका हिरा बहादुर घलान(३६६), नेपाली कांग्रेसका सानु कान्छा मुक्तान (३५८) मत सहित निर्वाचित हुनु भएको छ । त्यसैगरी, महिला सदस्यमा नेपाली कांग्रेसकी मैना माया थिङले (३७४) र दलित महिला सदस्यमा नेकपा एमालेकी चमेली कामी (३७६) विजयी हुनु भएको छ ।
कैलाश गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र तामाङ ४ सय ९९ मतसहित विजयी हुनु भएको छ । उहाँको प्रत्यासी नेकपा माओवादी केन्द्रका दिल कुमार नेगीले ३ सय ३३ मत प्राप्त गरेका थिए । सदस्यहरुमा नेपाली कांगेसका सूर्य बहादुर स्याङतान (५०३) र इमान सिं मुक्तान (५००), महिला सदस्यमा नेपाली कांग्रेसकी दिल माया प्रजा(५०६) र दलित महिला सदस्यमा नेपाली कांग्रेसकी फुल माया सुनार (५०६) विजयी भएका छन् ।
कैलाश गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रका देव लाल बल ४ सय ६७ मत सहित विजयी हुुनु भएको छ । उहाँको प्रत्यासी नेकपा एमालेको सुस्मीता दोङले २ सय ८६ र नेपाली कांग्रेसका प्रकाश राना मगरले ८१ मत प्राप्त गरेका छन् । वडा नम्बर ३ को सदस्यमा माओवादी केन्द्रका राम सिं गोले(३९४), माओवादी केन्द्रका विर बहादुर गोङ्वा(३६७), महिला सदस्यमा माओवादी केन्द्रकी राम माया प्रजा (४४१) र दलित महिला सदस्यमा माओवादी केन्द्रकी नीर माया सुनार(४२७) विजयी भएका छन् ।
वडा नम्बर ९ मा नेपाली कांग्रेसका भुवन सिं घलान ४ सय ४२ मत सहित विजयी हुनु भएको छ । उहाँको प्रत्यासी नेकपा एमालेका सिताराम सत्यालले ३ सय ८२ र माओवादी केन्द्रका डबल बहादुर गोलेले ३ सय ७५ मत ल्याएका थिए । यस्तै, सदस्यहरुमा नेपाली कांग्रेसका ज्ञान बहादुर घलान(४३२), नेपाली कांग्रेसका सानुकान्छा स्याङ्तान (४२०), महिला सदस्यमा नेपाली कांग्रेसकी गोरी माया बुलुङ(४२७) र दलित महिला सदस्यमा नेपाली कांगे्रसकी विवि माया विश्वकर्मा(४३४) विजयी भएका छन् ।
कैलाश गाउँपालिका वडा नम्बर १० मा नेकपा एमालेका सूर्य बहादुर ब्लोन ४ सय ३३ मत सहित विजयी हुनु भएको छ । उहाँको प्रत्यासी माओवादी केन्द्रका जनक लोप्चनले ४ सय १ र नेपाली कांग्रेसका सूर्य बहादुर गोलेले ३ सय ५५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा नेकपा एमालेका दिनेश कुमार थिङ(४१६ं) र प्रताप सिं लामा(४०६), महिला सदस्यमा जुनसरी राई(४१३) र दलित महिला सदस्यमा बिमला सुनार (४३०) विजयी भएका छन् । बाँकी ५ वटा वडाहरुको मत गणना कार्य जारी रहेको छ ।
