हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार पाख्रिन विजयी भएका छन् । ५ सय ४५ मत प्राप्त गर्दै पाख्रिन विजयी भएको सञ्चारकर्मी जयराम मुक्तानले जानकारी दिनुभयो ।
पख्रिनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २४ मत प्राप्त गर्दा अर्का प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वारले ४ सय २० मत प्राप्त गरेका छन् । स्वतन्त्र (पुतली) बाट वडाअध्यक्षमा ३८ मत प्राप्त गरे । मनहरी–२ मा कुल १ हजार ४ सय ८३ मत खसेको थियो ।
