हेटौंडाः बकैया गाउँपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । बकैया गाउँपालिका वडा नम्बर ११ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गोपाल बहादुर नेसुरले ७ सय ६० प्राप्त गरी विजयी भएका हुन् । अर्का प्रत्यासी नेकपा एमालेका रामबहादुर घलानले ३ सय २३ मत प्राप्त गरे ।
निर्वाचन अधिकृतको कार्यालयले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार महिला सदस्यमा बिबिमाया थिङ (७४५ मत), दलित महिला सदस्यमा सम्झाना कालिराज (७५३ मत), खुला वडा सदस्यमा उजिर मान गोले (७३३ मत) र सिगवीर नेसुर (७२० मत) विजयी भएका छन् ।
११ नम्बर वडाबाट गाउँपालिका अध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेले ८ सय ४७ मत पाएका छन् भने नेकपा एमालेकी सरला बोलखेले ३ सय १३ मत पाएकी छिन् । यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्तबहादुर खत्रीले ५ सय १९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार लालबहादुर स्याङ्तानले ३ सय ६८ मत पाएका छन् ।
