मत गणना गर्दै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको हालसम्म ५ हजार ७ सय १७ मत गणना सकिएको छ । हेटौंडा वडा नम्बर १, २, १८ र १९ को मत गणनामा हेटौंडाको मेयर पदका लागि गठबन्धनको तर्फबाट नेकपा समाजवादी अगाडी देखिएको छ । नेकपा समाजवादीले मेयरमा १ हजार ७ सय ३१ मत प्राप्त गरेको छ ।

यस्तै, मेयर पदमा नेकपा एमालेले १ हजार ६ सय ६५ र राप्रपाले १ हजार ५ सय ४० मत प्राप्त गरेको छ । त्यसैगरी, उपमेयरमा पनि गठबन्धनको नै अग्रता कायमै छ । हेटौंडाको उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस २ हजार ४ सय ३८ मतसहित अग्र स्थानमा रहेको छ । उपमेयरमा नेकपा एमालेले २ हजार ४० र राप्रपाले ४ सय ४३ मत प्राप्त गरेका छन् ।