मत गणना गर्दै गणकहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को हालसम्म गरिएको मत गणनमा गठबन्धन अगाडी देखिएको छ । २ हजार २ सय २३ मत गणना गर्दा गठबन्धनबाट वडा अध्यक्षमा नेपाली कांग्रेसको ९ सय ९३ मतसहित अगाडी आएको छ । यसैगरी, वडा अध्यक्षमा नेकपा एमालेले ९ सय ४८ र राप्रपाले १ सय ९ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ को २ हजार २ सय २३ मत गणनामा मेयरमा पनि गठबन्धनको मत नै अगाडी देखिएको छ । गठबन्धनको तर्फबाट नेकपा समाजवादीले ६ सय ९१ मत, नेकपा एमालेले ६ सय २२ र राप्रपाले ५ सय ७३ मत प्राप्त गरेको छ । यता उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले ९ सय ६९ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ८ सय २२ र राप्रपाले १ सय ७१ मत प्राप्त गरेको छ । मत गणना जारी रहेको छ ।