मत गणना गर्दै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेले अग्रता लिएको छ । एक हजार २ सय १८ मत गणना गर्दा वडाअध्यक्षमा नेकपा एमालेले ३ सय ४५ मत प्राप्त गरेको छ । यस्तै, नेकपा एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले २ सय ११ मत प्राप्त गरेको छ ।

स्वतन्त्रको वडा अध्यक्ष धारामा १ सय ९ मत रहेको छ । त्यसैगरी, मेयर पदमा भने राप्रपा अग्र स्थानमा देखिएको छ । १ हजार २ सय १८ मत गणनामा राप्रपाले ५ सय ९५ मत ल्याउदा नेकपा समाजवादीले २ सय ६६ मत प्राप्त गरेको छ । यस्तै, नेकपा एमालेले २ सय ४८ मत मात्र प्राप्त गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाको उपमयेरमा सबैभन्दा धेरै मत सहित नेपाली कांग्रेसका राजेश बानिया अग्रस्थानमा रहेका छन् । उपमेयरमा नेपाली कांग्रेसले ५ सय ९५ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ३ सय ११ र राप्रपाले १ सय ७७ मत प्राप्त गरेको छ ।