वडा अध्यक्षमा नेपाली काँग्रेसका कुमार सिंह घिसीङ विजयी

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ८ मा काँग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा नेपाली काँग्रेसका कुमार सिंह घिसिङ विजयी हुनुभएको छ ।

एक हजार ८१ मतदान भएको गढीमा ४ सय ४८ मतल्याएर घिसिङ विजयी हुँदा विपक्षीका नेकपा एमालेका विनोद पुडासैनीले ३ सय ५० मत प्राप्त गरेको गढी गाउँपालिकाका निर्वाचन अधिकृत नारन प्रसाद पोखरेलले जानकारी दिनुभयो । खुल्ला सदस्यमा काँग्रेसका अमर ब्लोनले ४ सय ४६ मत, गोकुल प्रसाद देवकोटाले ४ सय १८ मत प्राप्त गरेका छन् । महिला सदस्यमा काँग्रेसकै सूर्यमाया दोङले ४ सय ६१ मत र दलितमा गमला कामीले ४ सय मत प्राप्त गरी विजयी भएका छन् । अहिले वडा नम्बर २ र ७ को मत गणना भइरहेको छ ।