Home मुख्य समाचार बकैया–१ मा आशिष तितुङ विजयी

बकैया–१ मा आशिष तितुङ विजयी

नतीजा सार्वजनिक भएपछि १ नम्बर वडाका विजयी उम्मेदवारहरु ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका १ नम्बर वडा अध्यक्षमा आशिष तितुङ विजयी भएका छन् । शनिबार साँझ निर्वाचन आयोगको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार नेकपा माओवादी केन्द्रका आशिष तितुङले ७ सय १६ मत पाएर विजयी हु“दा नेकपा एमालेका उम्मेदवार टेकबहादुर भोम्जनले ४ सय ४६ मत मात्रै पाए ।

वडा सदस्यमा पनि नेकपा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । वडा सदस्यमा बलिमाया मोक्तान, विमली नेपाली, अन्जान लामा थिङ र जीतबहादुर वाईबा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले शनिबार साँझदेखि २ नम्बर वडाको मतगणना गर्न सुरु गरेको छ ।

बकैया गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने सत्तारुढ ५ दलीय गठबन्धन रहेको छ । अर्कोतर्फ नेकपा एमाले एक्लै चुनावमा होम्मिएको छ । १ नम्बर वडामा गठबन्धनको अध्यक्षका उम्मेदवारलाई ७ सय ६२ मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवारलाई ४ सय २३ मत प्राप्त भएको छ । यस्तै उपाध्यक्षमा गठबन्धनका उम्मेदवारलाई ८ सय ६९ मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवारलाई ४ सय ४१ मत प्राप्त भएको छ ।

Exit mobile version