विजयोत्सवमा सहभागी उम्मेदवारहरु ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका १ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार सोमबहादुर स्याङ्तान विजयी भएका छन् । शनिबार दिउँसो सकिएको मतगणनाअनुसार ९ सय १० मत प्राप्त गर्दै स्याङ्तान विजयी भएका हुन् ।

अर्का प्रत्यासी नेकपा एमालेकी पञ्चमाया स्याङतानले ६ सय ५५ मत पाइन् । भीमफेदी–१ मा १ हजार ६ सय ४१ मत खसेको थियो । गठबन्धन दलबाट सदस्यमा राजकुमार स्याङ्तान, मुक्त लामा, सुमित्रा थिङ र गोपिनी बिक निर्वाचित भएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!