हेटौंडाः मकवानपुरको थाहा नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका हेरमान गोपाली निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित हुने क्रममा गोपालीले ८ सय ६३ मत पाए ।
शनिबार दिउँसो सम्पन्न मतगणनाअनुसार अध्यक्षका प्रत्यासी नेकपा एमालेका प्रदीप प्रधानले ७ सय ५२ मत पाएर दोस्रो भए । यस्तै वडा सदस्यमा पनि सवैजना नेकपा माओवादी केन्द्रबाटै विजयी भएका छन् । वडा सदस्यमा अनिता बल, पार्वती बिक, सरोज प्रधान र सुवर्ण गोपाली निर्वाचित भएका छन् । थाहा १ मा २ हजार १ सय ६३ मत खसेको थियो । अहिले २ नम्बर वडाको मत गणना भइरहेको छ ।