हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको मयेरमा गठबन्धनको तर्फबाट नेकपा समाजवादीकी मिना कुमारी लामाको अग्रता रहेको छ । हालसम्म गणना भएको २ हजार ५० मतमा मेयर पदमा सबैभन्दा धेरै गठबन्धनको उम्मेदवारको मत देखिएको छ ।
गठबन्धनको तर्फबाट समाजवादीको मिना लामाले ६ सय १९, नेकपा एमालेको अनन्त पौडेलले ६ सय मत र राप्रपाको दिपक सिंहले ५ सय ७० मत प्राप्त गरेका छन् । यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँ अग्र स्थानमा देखिएका छन् । गठबन्धनका राजेश बानियाँले ९ सय ३, नेकपा एमालेकी सुमित्रा काफ्लेले ७ सय २४ र राप्रपाकी ईन्दिरा न्यौपानेले १ सय ५४ मत प्राप्त गरेका छन् । हेटौंडा वडा नम्बर १, २, १८ र १९ को मत गणना भईरहेको छ । मत गणना अझैं जारी छ ।
