हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ४ वटा वडाहरुको एकैसाथ मत गणना भईरहेको छ । हेटौंडा वडा नम्बर १, वडा नम्बर २, वडा नम्बर १८ र वडा नम्बर १९ को मत गणना भईरहेको छ ।

हालसम्म हेटौंडा २ मा एक सय मत गणना गर्दा राप्रपाको अग्रता देखिएको छ । हेटौंडा वडा नम्बर १ को २ सय मत गणना गर्दा मेयरमा एमालेका अनन्त पौडेल, उपमेयरमा गठबन्धनका राजेश बानियाको अग्रता देखिएको छ । वडा नम्बर १८ र १९ को गणना भर्खरै सुरु गरिएको छ ।