मतगणना कार्य सुरु गर्दै गणकहरु ।

हेटौंडाः हेटौंडा वडा नम्बर २ बाट मेयर पदका लागि राप्रपाले अग्रता लिएको छ । ३ सय मत गणना गर्दा मेयरमा नेकपा एमालेको ६४ मत, समाजवादीको ६८, राप्रपाको १ सय ३६ मत प्राप्त भएको छ ।

यस्तै, उपमेयरमा नेकपा एमालेको ४९, नेपली कांग्रेसको १ सय ५० र राप्रपाको ४१ मत प्राप्त भएको छ । ३ सय मत गणना गर्दा वडा अध्यक्षमा नेपाली कांग्रेसको १ सय १४, नेकपा एमालेको ८६, राप्रपाको ५८ र स्वतन्त्रमा धाराको २० मत आएको छ ।