हेटौंडाः मकवानपुरको बकैया गाँउपालिकामा मतगणना सुरु भएको छ । बकैया वडा नम्बर १ मा मतगणना सुरु भएको गाँउपालिका निर्वाचन अधिकृत आनन्दराज पोखरेलले बताउनुभयो ।
शुक्रबार भएको निर्वाचनमा बकैया गाँउपालिकामा ७२ प्रतिशत मतदाताले मतदान गरेका छन् । २९ हजार ९ सय ४२ मतदातामध्ये २१ हजार ६ सय ३८ मतदाताले मतदान मतदान गरेका छन् । वडा नम्बर १ को सरस्वती प्रावि मोरङ्गे क र ख २ हजार १ सय १० जना मतदातामा १ हजार ५ सय ७५ जनाले मतदान गरेका छन् ।











