हेटौंडाः हेटौंडा अस्पतालका कोभिड वार्डमा कार्यरत स्टाफ नर्सहरुले ४ महिनादेखि तलब पाएका छैनन् । संघिय सरकारबाटै स्टाफ नर्सहरुलाई तलब दिन ढिलाइ भएको छ । विगत ४ महिनादेखि हेटौंडा अस्पतालका कोभिड वार्डका १५ जना स्टाफ नर्सलाई तलव नदिएको भन्दै नर्सहरु आन्दोलित भएका छन् ।

स्टाफ नर्स जस्सु थापाका अनुसार माघदेखि अहिलेसम्म गरिएको कामको तलब पाएका छैनौं । प्रसाशनमा पटक–पटक निवेदन दिँदा पनि मागको सुनुवाई नभएको उहाँले बताउनुभयो । माघ महिनादेखि सम्झौता पत्र बुझाउँदा पनि त्यसको कुनै सुनुवाई नभएको स्टाफ नर्सहरु बताउँछन् । यस्तै हेटौंडा अस्पतालका प्रमुख राम चन्द्र सापकोटाका अनुसार संघिय सरकारबाट बजेट आउने भएकाले तलब दिन ढिलाई भएको बताउनुभयो । संघिय सरकारबाट बजेट नआए समितिबाटै दिने निर्णय भएको उहाँले बताउनु भएको छ ।