हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले लक डाउनका बेलामा काम नभई बस्नु परेका जिल्ला बाहिरका मजदुरलाई घर फर्कन सहज गर्ने भएको छ । आज प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले एक विज्ञप्तिमार्फत कार्यरत क्षेत्रको विवरणसहित सवारी साधनको पासका लागि निवेदन दिन आग्रह गरिएको छ । निवेदन बमोजिम नेपाली मजदुरर्लाइ गृह जिल्ला जाने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने पास लिएर स्थानीय सुरक्षा निकायसँग समेत समन्वय गरी गन्तव्यसम्म पुग्न प्रशासनले आग्रह गरेको छ ।