हेटौंडाः अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्था लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालले बागमती प्रदेश सरकारले हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा स्थापना गरेको आइसोलेसन कक्षका चिकित्सकका लागि ८ सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । आज हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल र अस्पताल प्रमुख डा. प्रविण श्रेष्ठलाई लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका निर्वाचित अध्यक्ष शम्भु नकर्मीले पीपीई हस्तान्तरण गर्नुभएको हो । लायन्स क्लबले पीपीईसँगै ह्याण्ड सेनिटाइजर पनि प्रदान गरेको छ ।
प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको संयुक्त प्रयास एवम् हेटौंडा अस्पतालका चिकित्सकको संलग्नतामा आइसोलेसन कक्ष निर्माण गरिएको हो ।
पीपीई हस्तान्तरण गरिँदै ।