हेटौंडाः स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका मध्य हैटौंडा उपमहानगरपालिकामा हालसम्म पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ताका लागि ५ जना उम्मेदवारहरुले निवेदन दिएका हुन् ।

निवेदन दर्ता गराउनेमा हेटौंडा–८ मा स्वतन्त्र वडा अध्यक्षका उम्मेदवारी दिने सिताराम प्रधान, हेटौंडा–४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दलित महिला सदस्यको उम्मेदवार मोहन माया देउला, हेटौंडा–१ का नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष उम्मेदवार लोक बहादुर घिसिङ र हेटौंडा–८ का राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदवार किशोर केसी खत्री र वडा सदस्य अनुजकुमार पुन मगर रहेका छन् । उम्मेदवारी दिने ५ जनाले नै निवेदन दिएर उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।