हेटौंडाः हेटौंडा स्कूल अफम्यानेजमेन्टद्धारा मातातीर्थ औंसीको अवसरमा चित्रकला प्रतियोगिता हुनेभएको छ । हेटौंडा उपमहानगरपालिका विद्यालय स्तरीय(कक्षा १–१२) विद्यार्थीहरु बिच चित्रकला प्रतियोगिता हुने भएको छ ।

चित्रकला प्रतियोगितामा आफ्नै आमाको मुहारको चित्र बनाउनुपर्ने छ । चित्र बनाउँदा न्युनतम १८ देखि २४ इन्चसम्म बनाई पेन्टीङलाई फ्रेम गरिएको हुनुपर्ने छ । आफुले निर्माण गरिएको पेन्टीङलाई आफ्नो विद्यालयबाट प्रमाणित गरिनुपर्ने छ । चित्र सहभागी आफैले बनाएको हुनुपर्ने र कुनै शंकास्पद भेटिएमा त्यस्ता चित्रकलालाई प्रतियोगितामा समावेश नगराइने बताईएको छ ।

चित्रकलामा प्रथम हुने उत्कृष्ट चित्रकलालाई नगद पचास हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने छ । यस्तै द्धितिय चित्रकलालाई नगद ३० हजार रुपैयाँ र तृतीय हुने चित्रकलालाई नगद १५ हजार रुपैयाँसहित क्रमश प्रमाणपत्र प्रदान गरिनेछ । चित्रकलामा सहभागी हुने ५ जनालाई सान्त्वना नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ । चित्रकलामा सहभागि हुनेले हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा जेठ ६ गतेसम्म चित्रकला बुझाउनु पर्नेछ ।