नबिल बैंक लिमिटेडको हेटौंडा–१६, हटिया चिसापानीमा शाखा उद्घाटन गर्दै ।

हेटौंडाः नबिल बैंक लिमिटेडले हेटौंडा–१६, हटिया चिसापानीमा शाखा स्थापना गरेको छ । बिहीबार एक समारोहका बीच शाखाको उद्घाटन गरिएको छ ।
नबिल बैंकले बिहीबार एकैदिन १४ वटा शाखा उद्घाटन गरेको छ ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले शाखाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नबिल बैंकका चिफ फाइनान्स अफिसर मनोज कुमार ज्ञवाली, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको आतिथ्य रहेको थियो । नबिल बैंकको १ सय ४८ वटा शाखा, ६ वटा विस्तारित शाखा र १ सय ८७ वटा एटीएम काउण्टर सञ्चालनमा रहेको छ ।