Home मुख्य समाचार मानव सेवा आश्रमद्वारा दुई भारतीय नागरिकको उद्दार

मानव सेवा आश्रमद्वारा दुई भारतीय नागरिकको उद्दार

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मानव सेवा आश्रमले बुधबार दुई भारतीय नागरिकको उद्दार गरेको छ । ६० वर्षिय जसाविरलाई गौरी टायर आसपासको प्रणामी चोकबाट उद्दार गरेको मानव सेवा आश्रम मकवानपुरका अभियान्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।

यसैगरी ४८ वर्षिय शिव कुमारलाई पनि हेटौंडा–९ बाट शारीरिक अवस्था नाजुक भएको अवस्थामा उद्दार गरेको छ । स्मरण शक्ति कमजोर भएकाले कुनै पनि कुरा बताउन नसक्ने अवस्थामा भारतीय नागरिक रहेका छन् । परिवार र घर कहाँ हो भनेर खोजी कार्य भइरहेको पौडेलले बताउनुभयो । मानवसेवा आश्रमले हालसम्म हेटौंडाबाट पुरुष ९ सय २ जना र महिला ४ सय ८७ जना गरी १ हजार ३ सय ८९ जनाको उद्दार गरेको छ ।

Exit mobile version