हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा–१९, खरङगामा ट्रिपर अनियन्त्रित भई दुर्घटना भएको छ ।

मंगलबार बिहान बागमती ०३–००१ क ७०४ ख नम्बरको ट्रिपर आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडकको बीचमै ट्रिपर पल्टिएकाले केहीबेर राजमार्ग अवरुद्ध भएको थियो । प्रहरीको सक्रियतामा अहिले राजमार्ग सुचारु भइसकेको छ ।