पत्रकार सम्मेलनमा बोल्नुहुँदै श्रीधर पोखरेल ।

हेटौंडाः नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गर्नुभएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर पार्टी सीमित व्यक्तिको स्वार्थ र सत्ताप्राप्तीका लागि केन्द्रित भएको भन्दै पार्टीबाट अलग हुने निर्णय गरेको पोखरेलले बताउनुभयो ।

पत्रकार सम्मेलनमा श्रीधर पोखरेलसहितका नेताले जारी गरेको प्रेस विज्ञप्ति ।

सत्तारुढ दलबीचको गठबन्धन कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने प्रयास भएको जीकिर गर्नुहुँदै उहाँले स्थानीय तहलाई भ्रष्टाचारको अखडा बनाउने प्रयास भइरहेको पनि दावी गर्नुभयो । पोखरेलले आफू तत्काल अरु कुनै पार्टीमा प्रवेश नगरी स्वतन्त्र बामपन्र्थी भएर बस्ने बताउनुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका आकांक्षी समेत रहनुभएका पोखरेलले आफूले पद नपाएकोले राजीनामा गरेको नभई पार्टीमा पद्दतिअनुसार काम गर्न नपाएकोले राजीनामा दिने निर्णयमा पुगेको बताउनुभयो ।

पार्टीमा सामूहिकतामा निर्णय हुन नसकेको, जिम्मेवारी लिने व्यक्तिको क्षमतालाई ध्यान दिनुपर्ने पोखरेलको भनाइ छ ।