उम्मेदवारी दर्ता गराउँदै ।

हेटौंडाः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि पहिलो दिन आइतबार ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर ७ जनाले मेयर पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

हेटौंडाको मेयर पदका लागि नेपाल मजदुर किसान पार्टीको तर्फबाट रमेश मान सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ । सिंहको प्रस्तावकमा मुकेश कुमार मणिक र समर्थकमा मुकेश खड्का हुनुहुन्छ । यस्तै उन्नत लोकतान्त्रिक पार्टीको तर्फबाट अयोध्यकुमार भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । भट्टराईको प्रस्तावकमा मिलन अर्याल र समर्थकमा पदमप्रसाद भट्टराई हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार लिला कुमारी आचार्यले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । आर्चायको प्रस्तावमा राजु विडारी र समर्थकमा सुरज श्रेष्ठ हुनुहुन्छ । सचेत नेपाली पार्टीको तर्फबाट राम प्रसाद गौतमले उम्मेद्वारी दर्ता गराउनुभएको छ । गौतमको प्रस्तावकमा ध्रुव प्रसाद दाहाल रहनुभएको छ भने समर्थकमा ओेविन्द बहादुर लुइटेल रहनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का तर्फबाट रोमनाथ भुर्तेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । भुर्तेलको प्रस्तावमा केदारनाथ दुलाल र समर्थकमा देवनाथ अधिकारी हुनुहुन्छ । यस्तै मौलिक पार्टीबाट सिर्जना बर्तौलाले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । बर्तौलाको प्रस्तावकमा प्रकाश बर्तौला र समर्थकमा सुशील गौतम रहुनुभएको छ । स्वतन्त्र उम्मेदवारमा देवराज पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । पौडेलको प्रस्तावकमा अमीर नकर्मी र समर्थकमा समाधान सापकोटा हुनुहुन्छ । पहिलो दिन ठूला दलको तर्फबाट उम्मेदवारी दर्ता भएको छैन । उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म समय तोकिएको छ ।