हेटौंडाः नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरको १९ वटै वडाको अध्यक्षको उम्मेदवार टुंग्याएको छ । १९ वटा वडा मध्ये एमालेले ११ नम्बर वडा अध्यक्षमा जुना दाहाललाई उम्मेदवार बनाएको छ । यसअघि वडा सदस्य रहनु भएकी दाहाल एमालेको तर्फबाट वडा अध्यक्षमा एक मात्र महिला उम्मेदवार हुनुहुन्छ ।
नेकपा एमालेले वडा नम्बर १ मा उत्तम पौडेल, २ मा हरि राउत, ३ मा रामकुमार पुडासैनी, ४ नम्बरमा नवीन सिग्देल, ५ मा सुशील घिमिरे, ६ मा विश्वराज राई, ७ मा राजन थापा, ८ मा बोलबहादुर कार्की, ९ मा लक्ष्मण प्रसाद भण्डारी, १० मा फूर्वा दोर्जे लामा, ११ मा जुना दाहाल, १२ मा राजेश नगरकोटी, १३ मा पेम्बा लामा, १४ मा दीपक खड्का, १५ मा सुनिल मोक्तान, १६ मा बसन्तप्रसाद लामिछाने, १७ मा लक्ष्मण खुलाल, १८ मा अनिल बानियाँ र १९ मा नरनाथ सुवेदीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
वडाबाटै सर्वसम्मत अध्यक्ष चयन हुन नसकेको वडाहरुमा शनिबार मात्रै अध्यक्षको अन्तिम निर्णय भएको हो । शनिबार ३ नम्बर वडामा रामकुमार पुडासैनी, ८ नम्बर वडामा बोलबहादुर कार्की, ९ नम्बर वडामा लक्ष्मण प्रसाद भण्डारी, १० नम्बर वडामा फूर्वा दोर्जे लामा, ११ नम्बर वडामा जुना दाहाल, १७ नम्बर वडामा लक्ष्मण खुलाल र १९ नम्बर वडामा नरनाथ सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।











