हेटौंडाः हेटौंडा—११ मा रहेको मामाघर नेपाल मकवानपुरमा निशूल्क दन्त शिविर भएको छ । शिविरबाट मामाघर नेपालमा रहेका २२ जना भान्जाहरुले सेवा लिएको मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीले जानकारी दिनुभयो ।

डाक्टर प्रलिशा श्रेष्ठ र बृन्दा श्रेष्ठले मामाघर नेपालमा रहेका बालबालिकाहरुको दाँत परीक्षण गर्नुभएको थियो । शिविरमा स्वास्थकर आनिबानीबारे सचेतना र दाँत माझ्ने तरिकाबारे जानकारी गराईएको छ । हेटौंडाका युवा समाजसेवी निश्कर्ष लामाको व्यवस्थापन र उज्जवल डेन्टल केयर एण्ड अर्थोडेन्टिक सेन्टरको सहयोगमा दन्त शिविर भएको हो ।