Home मुख्य समाचार अग्रज र महिला संचारकर्मीलाई उपचारमा ५० प्रतिशत छुट

अग्रज र महिला संचारकर्मीलाई उपचारमा ५० प्रतिशत छुट

हेटौंडाः प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज र महिला संचारकर्मीहरुको लागि नीजि क्षेत्रमा चिकित्सक जाँच र प्रयोगशालामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । स्वास्थ्य सुविधा लिनको लागि प्रेस सेन्टरले शनिबार कार्यक्रम आयोजना गरी जिल्लाका महिला पत्रकार र अग्रज पत्रकारलाई परिचयपत्र वितरण गरेको छ । प्रेस सेन्टर मकवानपुर र बागमति पोनिक्लिनिकको आयोजनामा स्वास्थ्य उपचार परिचय पत्र वितरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा भएको कार्यक्रममा प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको सभाध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नु हुँदै कार्यक्रमकी अध्यक्ष थापाले महिला पत्रकारहरुको स्वास्थ्य क्षेत्रमा सहजताको लागि स्वास्थ्य उपचार कार्ड वितरण गरिएको बताउनुभयो । पत्रकारहरु समाज रुपान्तरणमा दैनिक खटिने हुनाले स्वास्थ्य राम्रो होस भन्ने उद्देश्यले कार्यक्रम ल्याईएको उहाँले जानकारी दिनुभयो । परिचयपत्र प्राप्त गरेको महिलाहरुले स्वास्थ्य जाँच र ल्याब परिक्षणमा छुट पाउने उँहाले बताउनुभयो ।

यस्तै, बागमति पोनिक्लिनिकका अध्यक्ष उत्सव चौलागाईले बागमति प्रदेशका सबै पत्रकारहरुलाई स्वास्थ्य उपचार सुविधा कार्डको व्यवस्था गरिएको जानकारी दिनुभयो । स्वास्थ्य परिक्षणमा बागमति प्रदेशका महिला पत्रकार र जेष्ठ नागरिकहरुले निशुल्क स्वास्थ्य जाँच र परामर्श लिन सक्ने उँहाले बताउनुभयो । महिला पत्रकारहरुको लागि आयोजित स्वास्थ्य सुविधामा छुट मात्र नभई औषधि निशुल्क उपलव्ध गराउने योजना पनि ल्याउने बताएको छ । यो कार्यक्रम एक कार्यकालसम्म सञ्चालन हुने र अर्को कार्यकालमा नयाँ योजना ल्याउने बताईएको छ । शनिबार ४० जना महिला पत्रकारहरुलाई कार्ड वितरण गरिएको छ ।

Exit mobile version