Home अर्थ/व्यापार सुनचाँदी व्यवसायी महासंघ बामगती प्रदेशको साधारणसभा सम्पन्न

सुनचाँदी व्यवसायी महासंघ बामगती प्रदेशको साधारणसभा सम्पन्न

हेटौंडाः नेपाल सुनचाँदी व्यवसायी महासंघ बामगती प्रदेशको प्रथम साधारणसभा आज शनिबार हेटौंडामा सम्पन्न भएको छ । सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष ज्योतिरत्न बज्राचार्यको सभाध्यक्ष तथा महासंघका केन्द्रीय अध्यक्ष माणिक रत्न शाक्यको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

साधारणसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बज्राचार्यले अहिले नेपाली गरगहनाको आन्तरिक बजारमा मात्र नभई अन्तराष्ट्रिय बजारमा समेत मौलिकता बढ्दै गएको बताउनुभयो । त्यसैले यस क्षेत्रलाई व्यवस्थित गरी गरगहना व्यवसायको प्रर्वद्धन गर्न र नेपाली अर्थतन्त्रकोे सवलीकरणको लागि राजस्व वृद्धि गर्न, रोजगार बिस्तारका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । नेपालमा हुने सुनचाँदि कारोबारको ६० प्रतिशत हिस्सा बागमती प्रदेशमा रहेको र यसले प्रदेशको अर्थतन्त्रमा उल्लेखनीय भुमिका खेलेको उहाँले बताउनुभयो । गरगहनाले जातिय, धार्मिक र विभिन्न साँस्कृतिक पहिचान बोक्ने उहाँको भनाई छ । महासंघले चालु आर्थिक वर्षमा ५ करोड ६८ लाख ५४ हजार १ सय रुपैयाँ आम्दानी गरेको छ भने ३ करोड ३६ लाख ८३ हजार ३ सय रुपैयाँ खर्च गरेको छ ।

साधारणसभामा महासंघका केन्द्रीय वरिष्ठ सल्लाहकार तेज रत्न शाक्य, बागमती प्रदेशका निवर्तमान अध्यक्ष दियेशरत्न शाक्य, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवाल लगायतका महासंघका जिल्ला अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

Exit mobile version