आश्रमलाई सहयोग रकम हस्तान्तरण गर्दै ।

हेटौंडाः मानवसेवा आश्रममा फिजियोथेरापी कक्ष निर्माणका लागि ५ लाख रुपैयाँ प्राप्त भएको छ । आश्रममा फिजियोथेरापी कक्ष निर्माण गर्न आश्रमका अभिभावक सुदर्शन अधिकारीले ५ लाख रुपैयाँ सहयोग गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्दै उहाँले आवश्यक परेको अवस्थामा मानविय सेवामा सँधै तयार रहेको बताउनुभयो ।

सडकपेटी र सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गरिरहेका सहयोगापेक्षी व्यक्तिहरुमध्ये धेरैजना हिड्डुल गर्न नसक्ने, शरीर कुँजिएका व्यक्तिहरु समेत रहेका छन् । सोही अवस्थाबाट उद्दार गरी मानवसेवा आश्रममा आश्रीत व्यक्तिहरुको स्वास्थ्य सुधारका लागि मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) मा फिजियोथेरापी कक्षको निर्माण हुँदैछ । मानवसेवा आश्रमको सेवा हाल सात प्रदेशको १९ जिल्लामा शाखा संचालन गरी देशैभरि बिस्तार भईरहेको छ ।