हेटौंडाः मंगलबार र बुधबार देशव्यापी रुपमा भिटामिन “ए’’ र “जुकाको औषधि’’ खुवाईएको छ । दुई दिन संचालन भएको अभियानमा हेटौंडा उपमहानगरपालिका भित्र रहेका १२ हजार बालबालिकालाई “भिटामिन ए” र “जुकाको औषधि” खुवाईएको छ ।
देशव्यापी रुपमा सञ्चालन भएको यस कार्यक्रममा ६ महिना देखि ५ बर्ष उमेर समूहका बालबालिकालाई भिटामिन “ए’’ र “जुकाको औषधि’’ खुवाएको हो । हेटौंडा उपमहानगरपालिकामा १ सय ८६ वटा केन्द्र मार्फत् भिटामिन “ए’’ र “जुकाको औषधि’’ खुवाउने कार्यक्रम गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनु भएको छ ।