सांकेतिक तस्बिर ।

हेटौंडाः बिहीबार मकवानपुरमा एक जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । २४ घण्टामा ५ जनाको पीसीआर परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो ।

मकवानपुरमा हालसम्म १७ हजार ८ सय ४९ जना मानिसमा कोरोना भाईरस देखिएको छ । जसमा कोरोना भाईरसका कारण १ सय ७८ जनाको मृत्यु भएको छ भने अन्य उपचारपछि पूर्ण रुपमा स्वस्थ भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हाल विश्वमा कोरोनाको चौथो लहर चलिरहेको छ । कोरोना संक्रमणको खतरा अझैं रहेकोले मास्कको प्रयोग गर्न र सजगता अपनाउन जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।