Home मुख्य समाचार महानगरको मेयरमा उम्मेदवार बन्न प्रदेशसभा सदस्य पदबाट सुवेदीको राजीनामा

महानगरको मेयरमा उम्मेदवार बन्न प्रदेशसभा सदस्य पदबाट सुवेदीको राजीनामा

बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई प्रदेश सभा सदस्यबाट राजीनामा दिनुहुँदै विजय सुवेदी ।

हेटौंडाः भरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन विजय सुवेदीले बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । सुवेदीलाई नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार सिफारिस गरेको छ ।

सुवेदीले बिहीबार बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामापत्र बुझाउनुभएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको सुवेदीले बताउनुभएको छ ।

निर्वाचन आचारसंहितामा जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुनुअघि राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि सुवेदीले प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको हो । चितवनको क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष ३ महिना बागमती प्रदेशसभा सदस्यको रुपमा रहनुभयो । सुवेदीले राजीनामा दिनुभएसँगै बागमती प्रदेश सभामा एमालेका ४२ जनामात्र सदस्य रहने भएको छ ।

Exit mobile version