Home समाचार राप्तीमा माछाका भूरा छाडियो

राप्तीमा माछाका भूरा छाडियो

हेटौंडाः हेटौंडाको राप्ती खोलामा २ लाख ८० हजार माछाका भूरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र हेटौंडाले स्थानीय प्रजातीका रहु र नैनी जातका माछाका भूरा बिहीबार खोलामा छाडेको हो । माछाका महत्वपूर्ण प्रजातिको क्रमशः वंश नास भइरहेको अवस्थामा जलीय सम्पदाको संरक्षणको लागि भूरा माछा नदीमा छाड्ने कार्य भएको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र हेटौंडा केन्द्रका प्रमुख नारायण गिरीले बताउनुभयो ।
केही वर्षदेखि नदीनाला तथा ताल तलैयाहरूमा रहेका अति महत्वपूर्ण विभिन्न प्रजातिका माछाहरू अनियन्त्रित रुपमा मार्ने क्रम बढ्दै गएका कारण माछाको सङ्ख्या कम भएको छ । पहिले ठुला माछाहरू पाइने राप्ती खोलामा साना माछाहरूको संख्यामा पनि कमी हुँदै गएको छ । यस्तो कार्यक्रमहरू सञ्चालन हुँदा प्राकृतिक जलाशयहरूमा माछाको सख्या क्रमशः बढ्दै गएमा स्थानीय नदी किनारका माझी समुदायहरू लाभान्वित हुने तथा महत्वपूर्ण जैविक सम्पदाको संरक्षण हुने भन्दै प्रमुख गिरीले स्थानीयको पनि माछाको संरक्षणमा ध्यान जानुपर्ने बताउनुभयो ।

Exit mobile version