हेटौंडाः मकवानपुर महिला उद्यमी व्यवसायी संघ मकवानपुरको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा ज्येष्ठ सदस्यालाई सम्मान गरिएको छ । ज्येष्ठ सदस्य सम्मानबाट संघकी सल्लाहकार इन्दिरा गुरुङ सम्मान गरिएको हो । यसैगरी भूटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठ, संघकी निवर्तमान कोषाध्यक्ष रमा श्रेष्ठलाई सम्मान गरिएको छ ।
उत्कृष्ट व्यवसायी पुरस्कारबाट २०५५ सालदेखि निरन्तररुपमा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी रञ्जना श्रेष्ठ र २०६९ सालबाट व्यवसाय सञ्चालन गरिँदै आउनुभएकी मनु लामालाई उत्कृष्ट उद्यमीको रुपमा सम्मान गरिएको छ । साधारणसभा तथा अधिवेशन मकवानपुर महिला उद्यमी संघ मकवानपुरकी अध्यक्ष सुशीला पाण्डेको सभाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य शर्मिला डंगोलको प्रमुख आतिथ्यमा भएको हो ।