Home मुख्य समाचार नेकपा एमालेमा विद्यार्थीको सुनौलो भविष्यः पुर्व मुख्यमन्त्री पौडेल

नेकपा एमालेमा विद्यार्थीको सुनौलो भविष्यः पुर्व मुख्यमन्त्री पौडेल

विद्यार्थी भेलालाई सम्बोधन गर्नुहुँदै पूर्व मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को जिल्ला स्तरीय विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम सोमबार हेटौंडामा भएको छ । कार्यक्रममा बागमति प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले विद्यार्थीको सुनौलो भविष्यको लागि नेकपा एमाले आवश्यक रहेको बताउनुभयो ।


नेकपा एमाले मुलुकको परिवर्तन र समृद्ध नेपालको लागि नेकपा एमाले रहेको उँहाले स्पष्ट पार्नुभयो । जेष्ठ नागरिक र बालबालिकाका अधिकार हितका निमित्त नेकपा एमालेले काम गरिरहेको भन्दै उहाँले नेकपा एमालेले जसरी अरु पार्टीले का मगर्न नसक्ने औल्याउनुभयो । उँहाले भन्नुभयो, ‘‘जब नेकपा एमालेको सरकार बन्छ त्यति बेला मात्रै सरकारको अनुभुति जनताले गरेका हुन्छन् ।” २०५१ सालमा बनेको नेकपा एमालेको सरकार नै आजसम्म सबैभन्दा लोकप्रिय सरकार बनेको उँहाले स्मरण गर्नुभयो । अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष बिशाल पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

Exit mobile version