हेटौंडाः सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा बसन्त पाण्डे नियुक्त हुनुभएको छ । बिहीबार संघीय सरकारको मन्त्रीपरिषद् बैठकले दाङ जिल्लाका पाण्डेलाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो ।

बसन्त पाण्डे

पाण्डे नेपाल कृषि अनुसन्धान परिषद्मा सामान्य प्रशासन महाशाखा प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । ३ महिनादेखि हेटौंडा सिमेन्ट उद्योग महाप्रबन्धकबिहिन थियो । यसअघिका महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल पुस मसान्तमा सकिएको थियो । सिंहको कार्यकाल पूरा भएपछि सरकारले महाप्रबन्धक नियुक्तिको प्रक्रिया सुरु गरेको थियो ।