सांकेतिक तस्बिर ।

हेटौंडाः पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोना संक्रमण शून्य देखिएको छ । २ जनाको पिसीआर विधिबाट र १ जनाको एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण नपाइएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमणको संख्या घट्दै गएको तथ्याङ्कले देखाउँछ । स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अहिले मकवानपुर जिल्लामा हाल सक्रिय संक्रमित २ जना रहेका छन् । सक्रिय संक्रमित घरमै होम आइसोलेसनमा उपचाररत छन् ।