सांकेतिक तस्विर

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा रहेको जनता माध्यमिक विद्यालयका ३ जना शिक्षकविरुद्व यौन दुव्र्यवहारको आरोप लागेको छ । ढेड सातादेखि कक्षा ४ देखि ८ सम्मका विद्यार्थीले ३ जना शिक्षक विरुद्व यौन दुव्र्यवहारको आरोप लगाएको ईलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ ।

निमावि करार सेवामा रहेका होम बहादुर विक, रुद्र बहादुर विक र लोक बहादुर विक गरी ३ जना शिक्षकलाई यौन दुव्र्यवहारको आरोप लागेको हो । प्रहरीमा तत्काल जाहेरी नपारेकाले ईलाका प्रहरी कार्यालय फापरबारीका अनुसार विद्यालयका प्रशासनले नै उक्त घटनामा छानविन गरिने जनाएको छ । तोडफोडका क्रममा विद्यालयका करिब ३ वटा गमला फुटेको प्रहरी जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय फापरबारी र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भने उक्त शिक्षक विरुद्व यौन दुव्र्यवहारको उजुरी परेको छैन । प्रशासनले चारदिनदेखि छानविन गरिरहेको र मंगलबार शिक्षक, विद्यालय व्यस्थापन समिति, अभिभावक संघ र विद्यार्थीबिच उक्त विषयमाथि छलफल भइरहेको बेला विद्यालय तोडफोड गर्ने प्रयास भएको जनता माविका शिक्षक प्रशान्त राईले जानकारी दिनुभयो । विद्यार्थीले केही घण्टा नाराबाजी गर्दै विद्यालयका प्रशासनको तालाबन्द गरेपछि प्रहरीलाई जानकारी दिएको उहाँको भनाइ छ ।